कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो, न्यायोचित ढंगले सिटको बाँडफाँट हुने
मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदनमाथि अब शीर्ष नेतृत्वबाट अध्ययन गरेर सिट बागबण्डा टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको छ ।
बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिवेदनमाथि छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनउपर आज पनि शीर्ष नेतृत्वसँग लामो छलफल भएको छ भने यो क्रम शुक्रबार पनि जारी रहनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ - कार्की
र कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका हुन् ।
असन्तुष्ट रहेको जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने, ‘न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुन्छ । जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


