बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक : कार्यदलले प्रतिवेदन बुझाउने
बिहीबार, २३ भदौ २०७९, १६ : १५

सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै शीर्ष नेता बालुवाटार पुगेका थिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
यसअघि बिहानदेखि कार्यदलको बैठक समेत बालुवाटारमै बसिरहेको थियो । आजको बैठकमा कार्यदलले सिट बाँडफाँटमा भएको सहमतिसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउने छन् । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभए पनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरूको दावी अस्वभाविक भएकाले सहमतिमा ढिलाई भएको नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल