बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक : कार्यदलले प्रतिवेदन बुझाउने
बिहीबार, २३ भदौ २०७९, १६ : १५
सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै शीर्ष नेता बालुवाटार पुगेका थिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
यसअघि बिहानदेखि कार्यदलको बैठक समेत बालुवाटारमै बसिरहेको थियो । आजको बैठकमा कार्यदलले सिट बाँडफाँटमा भएको सहमतिसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउने छन् । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभए पनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरूको दावी अस्वभाविक भएकाले सहमतिमा ढिलाई भएको नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण