प्रतिनिधिसभा निर्वाचनमा ८७ दल सहभागी हुने, कुन प्रदेशबाट कति दल दर्ता ?
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने उल्लेख छ ।
आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको थियो ।
राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको कुल संख्या ८७ कायम गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन प्रयोजनका लागि प्रदेश नं. १ मा ६२ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५ कायम गरिएको छ ।
यस्तै बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८ कायम गरिएको छ ।
यस्तै कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने निश्चित भएको अर्यालले जनकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण