मोटरसाइकल चुनाव चिह्न माग्नेको पक्षमा आयोगको निर्णय
बिहीबार, ०९ भदौ २०७९, १७ : ३३
निर्वाचन आयोगले राष्ट्रिय यथार्थवादी पार्टी, नेपाललाई मोटरसाईकल चुनाव चिह्न दिने निर्णय गरेको छ । यस्तै आयोगले सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह दिने निर्णय गरेको छ ।
ती पार्टीले दल दर्ताको निवेदन पेश गर्दा माग गरेको चिह्न अनुसार नै निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘दलहरूलाई माग बमोजिम कै तत् तत् निर्वाचन चिन्ह प्रदान गर्ने र उक्त चिन्हहरू तत् तत् दलको निर्वाचन चिन्हको रूपमा रहने गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण