माओवादी र नेसपाहित यी दल छुट्टै दर्ता हुन नपर्ने निर्णय
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा माओवादी केन्द्रलगायतका ५ पार्टी निर्वाचन आयोगमा छुट्टै दर्ता हुन नपर्ने निर्णय भएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचनमा सहभागी हुन छुट्टै दर्ता हुन नपर्ने आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्ता दलमा नेपाल समाजवादी पार्टीसहित नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) रहेका छन् । ती दलहरुले कुनै दलसँग एकै चुनाव चिह्नबाट लड्ने गरी आयोगमा दल दर्ता गराएका छन् । जसमा माओवादी केन्द्र र नेसपाले एकै चुनाव चिह्नमा लड्ने गरी दल दर्ता गराएका हुन् ।
‘राजनीतिक दलहरूले अनुसूची–१२ बमोजिमको निवेदन पेश गरेकोमा ती दलहरूले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को अनुसूची–१३ बमोजिमको दल दर्ताको निवदेन पेश गरेको हुँदा ती दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (५) बमोजिम छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ’, सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण