बाढीपीडित भन्छन्– कहाँ बस्ने टुंगो छैन, के गर्ने-गर्ने !
सप्तकोशी फुटेर बस्तीमा पस्दा २० हजारभन्दा बढी स्थानीय जोखिममा परेका छन् । उदयपुर र सुनसरीका विभिन्न वस्तीका करिब २० हजार मानिस जोखिममा परेका हुन् ।
स्थानीयहरु बाढीबाट सरसामान र बालबच्चासहित जोगिन सुरक्षित स्थानतिर दौडिरहेका देखिन्छन् । उदयपुरको बेलका नगरपालिका ३ भाटेपुलकी स्थानीय चन्द्रकला राउतले सरसामान निकालेर माथि उचाइतिर जान लागेको बताइन् । उनले घर डुबानमा परेको भन्दै खाने बस्ने ठेगान नभएको बताइन् । ‘बस्ने कुरै छैन, सामान चाहिँ निकाले भनेर सुरक्षाकर्मीले पनि भनेकाले निकालिरहेको छु’, उनले भनिन्, ‘कहाँ बस्ने कहाँ, के गर्ने गर्ने ।’ बेलका नगरपालिका वडानम्बर ८,९,३,२,१ का सयौं घरपरिवार विस्थापित भएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए ।
उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ। उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



