शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपीडित भन्छन्– कहाँ बस्ने टुंगो छैन, के गर्ने-गर्ने !

बुधबार, १८ साउन २०७९, १४ : ५७
बुधबार, १८ साउन २०७९

सप्तकोशी फुटेर बस्तीमा पस्दा २० हजारभन्दा बढी स्थानीय जोखिममा परेका छन् । उदयपुर र सुनसरीका विभिन्न वस्तीका करिब २० हजार मानिस जोखिममा परेका हुन् । 

स्थानीयहरु बाढीबाट सरसामान र बालबच्चासहित जोगिन सुरक्षित स्थानतिर दौडिरहेका देखिन्छन् । उदयपुरको बेलका नगरपालिका ३ भाटेपुलकी स्थानीय चन्द्रकला राउतले सरसामान निकालेर माथि उचाइतिर जान लागेको बताइन् । उनले घर डुबानमा परेको भन्दै खाने बस्ने ठेगान नभएको बताइन् । ‘बस्ने कुरै छैन, सामान चाहिँ निकाले भनेर सुरक्षाकर्मीले पनि भनेकाले निकालिरहेको छु’, उनले भनिन्, ‘कहाँ बस्ने कहाँ, के गर्ने गर्ने ।’ बेलका नगरपालिका वडानम्बर ८,९,३,२,१ का सयौं घरपरिवार विस्थापित भएका छन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । 

उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ। उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए ।​


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप