शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशी फुट्दाको तबाह, यसरी हुँदैछ उद्धारको काम (तस्बिरहरु)

बुधबार, १८ साउन २०७९, १४ : ४४
बुधबार, १८ साउन २०७९

अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिकाका विभिन्न स्थानमा बाढीले वितण्डा मच्चाएको छ । लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशी नदीको तटबन्ध फुटेर बाढी बस्तीमा पसेको हो । 

बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । 

उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ। उनले उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए ।

यसैबीच सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको छ । लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिने गर्छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप