सप्तकोशीमा पानीको सतह बढ्दा थप जोखिम
वर्षा हुने क्रम नरोकिँदा सप्तकोशीमा पानीको सतह बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका ३ भाटेपुलमा सप्तकोशीको पानीको सतह बढ्दा स्थानीयलाई थप सकस परिरहेको छ । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीले उद्दार गरिरहेको छ ।
स्थानीय प्रशासनका अनुसार सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए ।
उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ। उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए ।
लगातारको वर्षासँगै आएको बाढीले बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड