गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा (सूचीसहित)
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।
खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । यस्तै, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ ।
यस्तै, दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ । यसैगरी, चिया÷कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपात सम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग र गुलियो पदार्थ उत्पादन गर्ने ३ तथा तेल तथा घ्यूजन्यको २ वटा उद्योगका विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।
यसैगरी, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योग गरी कूल ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको हो । यी उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका थिए ।
यी हुन् अखाद्य वस्तु उत्पादन गर्ने ११५ वटा उद्योगः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
