विदेशबाट आउँछ दूषित तरकारी र फलफूल, यस्तो छ ९ महिनाको रिपोर्ट
विदेशबाट ठूलो मात्रामा दूषित तरकारी र फलफूल भित्रिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमा गरेको परीक्षणबाट ठूलो मात्रामा खान अयोग्य रसायन मिश्रित तरकारी र फलफूल आयात हुने गरेको पाइएको हो ।
विभागले ९ महिनाको अवधिमा ७ वटा भन्सार बिन्दुमा विदेशबाट भित्रिने तरकारी र फलफूलको नमूना परीक्षण गरेको थियो । २०७८ कात्तिकदेखि २०७९ असार महिनासम्म ५६ हजार ३३८ नमूना परीक्षण गर्दा ५१ वटा नमूना खानलाई अयोग्य भेटिएको थियो ।
विभागले नेपालमा विदेशबाट भित्रिने गरेको तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेष विश्लेषण गर्दा यस्तो पाइएको हो । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत भन्सार बिन्दुमा गरिएको परीक्षणबाट यस्तो फेला परेको विभागले जानकारी दिएको छ ।
जुनार, केरा, चुकन्दर, चुक तथा आलु लगायतका फलफूल तथा तरकारीका ५१ वटा नमुना प्रतिकुल देखिएको जनाइएको छ । यस्तै, विभागले चालू वर्षदेखि सबै भन्सार बिन्दुबाट तरकारी र फलफूलमा विषादीको अवशेष परिक्षण गर्न उपकरण तथा रसायनहरुको व्यवस्था मिलाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
