शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट आउँछ दूषित तरकारी र फलफूल, यस्तो छ ९ महिनाको रिपोर्ट

मङ्गलबार, १७ साउन २०७९, १६ : ४७
मङ्गलबार, १७ साउन २०७९

विदेशबाट ठूलो मात्रामा दूषित तरकारी र फलफूल भित्रिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमा गरेको परीक्षणबाट ठूलो मात्रामा खान अयोग्य रसायन मिश्रित तरकारी र फलफूल आयात हुने गरेको पाइएको हो ।

विभागले ९ महिनाको अवधिमा ७ वटा भन्सार बिन्दुमा विदेशबाट भित्रिने तरकारी र फलफूलको नमूना परीक्षण गरेको थियो । २०७८ कात्तिकदेखि २०७९ असार महिनासम्म ५६ हजार ३३८ नमूना परीक्षण गर्दा ५१ वटा नमूना खानलाई अयोग्य भेटिएको थियो ।

विभागले नेपालमा विदेशबाट भित्रिने गरेको तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेष विश्लेषण गर्दा यस्तो पाइएको हो । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत भन्सार बिन्दुमा गरिएको परीक्षणबाट यस्तो फेला परेको विभागले जानकारी दिएको छ ।

जुनार, केरा, चुकन्दर, चुक तथा आलु लगायतका फलफूल तथा तरकारीका ५१ वटा नमुना प्रतिकुल देखिएको जनाइएको छ ।  यस्तै, विभागले चालू वर्षदेखि सबै भन्सार बिन्दुबाट तरकारी र फलफूलमा विषादीको अवशेष परिक्षण गर्न उपकरण तथा रसायनहरुको व्यवस्था मिलाइएको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप