शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

मङ्गलबार, ०३ साउन २०७९, २० : ००
मङ्गलबार, ०३ साउन २०७९

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । 

चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् । 

​‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, नेताहरूले विज्ञप्तिमा भनेका छन् । 

उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । 

पार्टीलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने आफूहरूले प्रयास गरे पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढङ्गले तल्लो स्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप