राप्रपा विवाद : संस्थापनले सोध्यो गिरी र तिमल्सिनालाई २४ घण्टे स्पष्टीकरण
बुधबार, २९ असार २०७९, १९ : ०१
राप्रपाले पार्टीका नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनासहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दैउनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनीहरु पार्टीको जिम्मेवार भूमिकामा नरहने पनि पार्टी हितविपरीतको गतिविधि गर्दै अनाधिकृत वार्ता समिति समेत बनाएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको शाहीको भनाइ छ । शाहीले उनीहरुले स्पष्टीकरण नबुझाएमा फौजदारी मुद्दा लाग्ने दाबी गर्दै सोहीनुसार अघि बढ्ने निर्णय भएको बताए ।
राप्रपामा पछिल्लो समय विवाद चर्किँदै गएको छ भने गिरीसहितका नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
