राप्रपा विवाद : संस्थापनले सोध्यो गिरी र तिमल्सिनालाई २४ घण्टे स्पष्टीकरण
बुधबार, २९ असार २०७९, १९ : ०१
राप्रपाले पार्टीका नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनासहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दैउनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनीहरु पार्टीको जिम्मेवार भूमिकामा नरहने पनि पार्टी हितविपरीतको गतिविधि गर्दै अनाधिकृत वार्ता समिति समेत बनाएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको शाहीको भनाइ छ । शाहीले उनीहरुले स्पष्टीकरण नबुझाएमा फौजदारी मुद्दा लाग्ने दाबी गर्दै सोहीनुसार अघि बढ्ने निर्णय भएको बताए ।
राप्रपामा पछिल्लो समय विवाद चर्किँदै गएको छ भने गिरीसहितका नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
-
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?