राप्रपाको असन्तुष्ट पक्षले भन्यो–स्पष्टीकरण आपत्तिजनक
बिहीबार, ३० असार २०७९, १२ : २२
राप्रपाको असन्तुष्ट पक्षले पार्टी संस्थापनले सोधेको स्पष्टीकरण आपत्तिजनक भएको जनाएको छ । असन्तुष्ट समूहको तर्फबाट दिलनाथ गिरी, दिलविकास राजभण्डारी र श्याम तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा पार्टीको परिधिभित्रै बसि छलफल तथा बिचार बिमर्श गर्दा स्पष्टीकरण सोधिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
‘पार्टीको कार्य सम्पादन समिति जस्तो गरिमामय समितिबाट बिना प्रमाण हचुवाको भरमा निर्णय हुनु गम्भीर आपत्ति र दुःखद छ’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबादी शक्ति बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’
बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यी नेतासहित राजाराम श्रेष्ठसमेतलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आज विज्ञप्ति जारी गर्नेमा राजाराम श्रेष्ठ भने सहभागी छैनन् ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
