संघीय निकायमा सबैभन्दा धेरै बेरुजु, प्रदेश सरकारलाई स्थानीय तहले उछिन्यो (प्रतिवेदनसहित)
महालेखा नियन्त्रक कार्यालयले बुधबार ५९औं प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले यो वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरको हो । प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु रकम १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको देखाएको छ ।
अघिल्लो वर्षसम्म कुल ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । जुन, यो वर्ष डेढ खर्ब रुपैयाँभन्दा धेरैले बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस वर्ष बढेको कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बेरुजुमध्ये संघीय सरकारी निकायमा सबैभन्दा धेरै बेरुजु छ । स्थानीय र प्रदेश सरकारका निकायमाभन्दा संघीय सरकारका निकाय सबैभन्दा बढी बेरुजु बढेको हो ।
संघीय, प्रदेश र स्थानीय सरकारमध्ये यो वर्ष बढेको बेरुजुमा संघीय सरकारी निकायमा सबैभन्दा धेरै बेरुजु भएको पाइएको हो । प्रतिवेदनअुनसार यो वर्ष संघीय सरकारी निकायमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु भएको छ । यो स्थानीय सरकारमा भएको बेरुजुभन्दा ५ खर्ब ५७ करोड बढी बेरुजु हो ।
३ हजार २८७ सङ्घीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु भएको हो । यसपछि, प्रदेश सरकारमाभन्दा स्थानीय तहमाभन्दा बढी बेरुजु देखिएको छ । ७९९ स्थानीय तह (बक्यौता ५५ समेत) को १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षणबाट ४३ अर्ब ९० करोड रुपैयाँ बेरुजु पाइएको छ ।
यस्तै, ४४८ समिति तथा अन्य संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँ लेखापरीक्षणबाट १४ अर्ब १९ करोड बेरुजु भएको प्रतिवेदनले देखाएको छ । यसका साथै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ ।
यसको अतिरिक्त ९३ सार्वजनिक संस्थाहरूको ३१ खर्ब ५५ अर्ब ९३ करोडको लेखापरीक्षण सम्पन्न गरिएको कार्यालयले जानकारी दिएको छ । संगठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराएका ३१ संस्थाको ११ खर्ब ५२ अर्ब ७६ करोड रुपैयाँको समेत लेखापरीक्षण भएको छ । परामर्श उपलब्ध गराएका संगठित संस्थासमेत ८६ खर्ब ८५ अर्ब ८५ करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण