एक वर्षमै १ खर्ब १५ अर्बले बढ्यो बेरुजु, अहिलेसम्ममा ४ खर्बभन्दा धेरैको बेरुजु
अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु १ खर्ब १५ अर्ब रुपैयाँले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर कुल ४ खर्ब ८३ अर्ब ५९* करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २८७ संघीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु छ ।
यस्तै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु देखिएको छ ।
* यसअघि अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण