महरको प्रश्न -जनताले प्रश्न उठाउने उम्मेदवारलाई टिकट दिनेलाई के हुन्छ ?
नेपाली काँग्रेस नेता नैनसिंह महरले स्थानीय निर्वाचनमा पार्टी पराजित र जितेको दुवै ठाउँको समीक्षा गर्नुपर्ने बताए । जारी काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै नेता महरले पार्टी पराजित भएको र जितेको ठाउँमा पनि अन्तरघात भएकाले त्यसको पनि समीक्षा गर्नुपर्ने माग राखेका हुन् ।
उनले भने, पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उनीहरुका समर्थक र प्रस्तावकलाई अनुशासनको कारबाही गर्ने कुरा त छँदैछ । तर, जनताले प्रश्न उठाउने खालका अयोग्य उम्मेदवारलाई टिकट दिएर चुनाव हारियो भने त्यस्तो टिकट दिनेलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्छ । आगामी संघीय र प्रदेशको निर्वाचनमा काँग्रेसले ७० प्रतिशत युवालाई उम्मेदवारका रुपमा अघि सार्नुपर्ने महरको सुझाव छ ।
‘काँग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुन्छ। एउटा ६० माथिको पुस्ता छ, अर्को ६० देखि ४५ सम्मको पुस्ता छ। तेस्रो भनेको ३० देखि ४५ र अर्को ३० मुनीको छ,’ महरले सुझाव दिँदै भने, ‘नेपालको संविधानले १८ वर्षभन्दा माथिकालाई वयस्क मानेर मतदानको अधिकार दिएको छ। यस्तो अवस्थामा यी सबै उमेरहरूका मानिसलाई मिलाएर लगे मात्रै निर्वाचन जित्न सकिन्छ। र, पार्टीले गति लिन सक्छ ।’
यस्तै उनले पार्टी जनजीविकाका सवालमा पनि गम्भीर हुनुपर्ने बताए । ‘मूल्य वृद्धि, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सुशासन, विकास, शिक्षा र स्वास्थ्यका कुरामा पार्टी गम्भीर हुनुपर्छ । केपी ओलीलाई लगाइरहेका आरोप हामीलाई दोहोर्याउने अधिकार छैन । त्यसैले यसमा गम्भीर बनौँ,’ महरले भने । पार्टीले जनताका मुद्दा उठाएर उनीहरूकै माझमा रहेर काम गर्न सकेमात्रै प्रदेश र केन्द्रको निर्वाचन सहजै जित्नसकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण