काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ, अर्को चुनावमा उसलाई गठबन्धन चाहिँदैन : वामदेव
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ ।
मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली काँग्रेसले बहुमतै ल्याउँछ गठबन्धनबाट । नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा स्थापित हुनेछ ।’ त्यसको ५ वर्षसम्म नेपाली काँग्रेसकै नेतृत्वमा नेपाल र नेपालको संरचनाहरु रहने भन्दै उनले त्यसपछि काँग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने बताए ।
आफूले यो सबै अनुमान गरेर अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण