प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : वामदेव
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गरेका छन् । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताएका हुन् ।
‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्नुपर्छ भनेर यो विषय पहिलो पटक राखेँ’, गौतमले स्मरण गरे, ‘प्रचण्डजीसँग बाबुराम भट्टराई, मोहन वैद्य पनि हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । मैले प्रताव गर्दा बाबुराम भट्टराईले जुन संसदीय सरकारको विरुद्ध हामीले क्रान्ति सुरु गर्यौँ र जब ५ हजार जनाको बलिदान भइसकेको छ । आज तपाईँले यस्तो प्रस्ताव राख्नुहुन्छ ? भनेर भन्नुभाथ्यो ।’
तर आफूले त्यसबेला साँच्चै सुरक्षित अवतरण चाहने हो भने वार्ता नै गर्नुपर्छ भनेर अडान लिएको उनले स्मरण गरे । आफ्नो सुझावपछि माओवादीले वार्ताको नीति अख्तियार गरेको र जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउन सकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण