शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए : प्रचण्ड

बिहीबार, ०९ असार २०७९, १५ : २४
बिहीबार, ०९ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए । ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा सैद्धान्तिक सहमति त्यतिबेलै भएको र प्रवेश गरेको भन्ने कुरा अब छ्याङ्गै भएको छ । मैले पेरिसडाँडामा शहीद रितबहादुर खड्काको श्रद्धाञ्जलीमा बोलेँ–केपी ओली गुटले संसदमा एसपीपी राष्ट्रघाती, हामी बडो राष्ट्रवादी भनेर बोले । हल्ला गर्दै थिए  संसदमा’,  बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । म चुनौती दिन्छु भनेर मैले बोलेँ । तपाईहरुले सुन्नुभएको होला । दिउँसो त केपी गुटको मुख्य मान्छेमध्ये एकजनाले मैले गरेको कुरालाई खण्डन गर्दै ल प्रमाणित गरेर देखाउ भनेर सदनमा बोलेछन् । म पुगेको थिइनँ  सदनमा । म जानुअघि नै बोलिसकेका रहेछन् । त्यसको तीन घण्टापछि त पत्रै फेला प¥यो ।’

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको पत्रमा रक्षामन्त्रीको निर्देशन अनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने बताए । अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको दोहो¥याए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप