गठबन्धनमा चाहिने भन्दा बढी आशा नगरौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्नेगरी लाग्न सुझाव दिए ।
‘आगामी प्रदेश र संघको चुनावसम्म गठबन्धन जान्छ । गठबन्धनमा यसअघि हामीले चाहिनेभन्दा बढी आश गर्यौं । त्यति आश नगरौं । भए ठिकै छ । नभए एक्लै भिड्ने हो भन्नेगरी तयारी गर्यौ भने मात्रै गठबन्धन हुन्छ’ प्रचण्डले भने, ‘चुनाव जितिहालिन्छ भनेर रिल्याक्स नगरौ । चुनाव जितिहालिन्छ दुःख किन गर्नुपर्यो ? भनेर गल्ती नगरौं । गठबन्धन भएपनि नभएपनि सम्पूर्ण तागतका साथ अघि बढ्यौ भने मात्रै चुनाव जित्छौ ।’ आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको प्रचण्डले बताए ।
‘हाम्रो कोसिस साउन १५ गतेसम्म उम्मेदवारको टुंगो लगाइसक्ने भन्नेछ । किनकि चुनावी तयारीका लागि प्रयाप्त समय होस् । उम्मेदवार छान्दा जित्ने कुरालाई र लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भयो ।’ अरुभन्दा चुनाव जित्नेलाई बढी प्राथमिकता दिएर टिकट दिनुपर्ने अवस्था आएको प्रचण्डले बताए । हामीले स्थानीय चुनावमा अरु कुरालाई प्राथमिकता दिएर टिकट बाँडियो । परिणाममा हारियो’ प्रचण्डले भने, ‘आगामी प्रदेश र संघको चुनावमा आग्रह पूर्वाग्रह नलिएर जित्न सक्ने उम्मेदवार र जनताले मन पराएका उम्मेदवार छान्ने कोसिस गर्नेछौ ।’
अहिले पनि सत्ताको चाबी माओवादीसँगै भएपनि काँग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता भएको प्रचण्डले बताए । ‘अहिले हामी कि काँग्रेससँग मिलेर जानुपर्ने कि एमालेसँग मिलेर जानुपर्ने जस्तो स्थिति भएको छ । अहिले चाबी हाम्रै हातमा छ । त्यो चाबी एउटा न एउटासँग मिल्नुपर्ने तब मात्रै ताला खुल्छ । ताला खुल्न एउटासँग मिल्नै पर्नेछ’ प्रचण्डले भने, ‘प्रदेश र संघको चुनावमा हाम्रो सपना हामी अरूसँग मिल्न जाने होइन अरु हामीसँग मिल्न आउनुपर्यो । काँग्रेस र एमाले माओवादीसँग नमिले उनीहरुको उपाय नहुने ठाउँमा पुयाउनपर्यो । त्यो आधार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण