शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा चाहिने भन्दा बढी आशा नगरौं : प्रचण्ड

बिहीबार, ०९ असार २०७९, १४ : १९
बिहीबार, ०९ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्नेगरी लाग्न सुझाव दिए ।

‘आगामी प्रदेश र संघको चुनावसम्म गठबन्धन जान्छ । गठबन्धनमा यसअघि हामीले चाहिनेभन्दा बढी आश गर्यौं । त्यति आश नगरौं । भए ठिकै छ । नभए एक्लै भिड्ने हो भन्नेगरी तयारी गर्यौ भने मात्रै गठबन्धन हुन्छ’ प्रचण्डले भने, ‘चुनाव जितिहालिन्छ भनेर रिल्याक्स नगरौ । चुनाव जितिहालिन्छ दुःख किन गर्नुपर्यो ? भनेर गल्ती नगरौं । गठबन्धन भएपनि नभएपनि सम्पूर्ण तागतका साथ अघि बढ्यौ भने मात्रै चुनाव जित्छौ ।’ आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको प्रचण्डले बताए ।

‘हाम्रो कोसिस साउन १५ गतेसम्म उम्मेदवारको टुंगो लगाइसक्ने भन्नेछ । किनकि चुनावी तयारीका लागि प्रयाप्त समय होस् । उम्मेदवार छान्दा जित्ने कुरालाई र लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भयो ।’ अरुभन्दा चुनाव जित्नेलाई बढी प्राथमिकता दिएर टिकट दिनुपर्ने अवस्था आएको प्रचण्डले बताए । हामीले स्थानीय चुनावमा अरु कुरालाई प्राथमिकता दिएर टिकट बाँडियो । परिणाममा हारियो’ प्रचण्डले भने, ‘आगामी प्रदेश र संघको चुनावमा आग्रह पूर्वाग्रह नलिएर जित्न सक्ने उम्मेदवार र जनताले मन पराएका उम्मेदवार छान्ने कोसिस गर्नेछौ ।’ 

अहिले पनि सत्ताको चाबी माओवादीसँगै भएपनि काँग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता भएको प्रचण्डले बताए । ‘अहिले हामी कि काँग्रेससँग मिलेर जानुपर्ने कि एमालेसँग मिलेर जानुपर्ने जस्तो स्थिति भएको छ । अहिले चाबी हाम्रै हातमा छ । त्यो चाबी एउटा न एउटासँग मिल्नुपर्ने तब मात्रै ताला खुल्छ । ताला खुल्न एउटासँग मिल्नै पर्नेछ’ प्रचण्डले भने, ‘प्रदेश र संघको चुनावमा हाम्रो सपना हामी अरूसँग मिल्न जाने होइन अरु हामीसँग मिल्न आउनुपर्यो । काँग्रेस र एमाले माओवादीसँग नमिले उनीहरुको उपाय नहुने ठाउँमा पुयाउनपर्यो । त्यो आधार छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप