बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश र संघको चुनावमा लेफ्टभित्रको पहिलो शक्ति हुने सम्भावना छ : प्रचण्ड

बिहीबार, ०९ असार २०७९, १३ : ४५
बिहीबार, ०९ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा लेफ्ट भित्रको पहिलो शक्ति हुने सम्भावना रहेको बताए । स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

‘स्थानीय तहको चुनावमा लेफ्ट भित्रको पहिलो शक्ति हुने सम्भावना थियो । हामीले यसअघि जितेका ५० प्रतिशत पालिका हार्यौ त्यस कारण राम्रो नतिजा ल्याउन सकेनौ’ प्रचण्डले भने, ‘प्रदेश र संघमा हामी लेफ्ट भित्रबाट पहिलो झन ठूलो सम्भावना छ । त्यहाँ पहिलो भयौं भने देशको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ । माओवादी केन्द्रकै हातमा आउँछ । प्रदेशमा पनि महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने ठाउँमा हुने सम्भावना छ ।’

लेफ्ट भित्रको पहिलो शक्तिमा बदल्न सबैले आ–आफ्नो क्षेत्रबाट मेहनत गर्नुपर्ने प्रचण्डले बताए । ‘हामीले यो ४/५ महिना दुःख गरेर संगठन बनाएर जनताको घर–घरमा पुगेर टोल टोलमा पुगेर काम गरौ । प्रचार प्रसार संगठन सुदृढीकरणमा लागौं । मैले के देखेको छु भने आउने चुनावमा देशको दोस्रो पार्टी लेफ्ट भित्रबाट पहिलो हुने सम्भावना देखेको छु’ प्रचण्डले भने, ‘२०६४ सालमा धेरै ठाउँमा हामीले जितेको हो ।

त्यसपछिका चुनावमा पनि जितेकै हो । २०७४ सालमा जाँदा केही गडबड भयो । अहिले पनि हामीले जोडबल गरियौँ भने आफ्नो इतिहास फर्काउन सक्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप