एमालेले भन्यो - नेपालको बाह्य सम्बन्धमा विचलन देखियो
नेकपा एमालेले नेपालको बाह्य सम्बन्धमा विचलन देखिएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय सचिवालयको नवौं बैठकले सरकारका कारण बाह्य सम्बन्धमा विचलन देखिएको भन्दै त्यसको विरोध, खबरदारी र भण्डाफोर गर्ने निर्णय गरेको हो ।
एमाले नेता प्रदिप ज्ञवालीका अनुसार नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम सरकारले गरेकोमा बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ । त्यसको आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच आउन नदिने गरी पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
सचिवालय बैठकमा मुख्यतः तीन कार्यसूचीमा लामो छलफल भएको उनले बताए । स्थानीय तहको निर्वाचन समीक्षा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण र प्रशिक्षण र केही विभागलाई पूर्णता दिने एजेन्डामा छलफल भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
