एमालेले भन्यो - नेपालको बाह्य सम्बन्धमा विचलन देखियो

नेकपा एमालेले नेपालको बाह्य सम्बन्धमा विचलन देखिएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय सचिवालयको नवौं बैठकले सरकारका कारण बाह्य सम्बन्धमा विचलन देखिएको भन्दै त्यसको विरोध, खबरदारी र भण्डाफोर गर्ने निर्णय गरेको हो ।
एमाले नेता प्रदिप ज्ञवालीका अनुसार नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम सरकारले गरेकोमा बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ । त्यसको आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच आउन नदिने गरी पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
सचिवालय बैठकमा मुख्यतः तीन कार्यसूचीमा लामो छलफल भएको उनले बताए । स्थानीय तहको निर्वाचन समीक्षा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण र प्रशिक्षण र केही विभागलाई पूर्णता दिने एजेन्डामा छलफल भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत