एमालेले आफ्ना जनप्रतिनिधिलाई यी विषयमा दिँदैछ प्रशिक्षण
सोमबार, ३० जेठ २०७९, १९ : ४९

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमबार सम्पन्न सचिवालय बैठकले उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाका तयार पारेको हो । एमाले नेता प्रदिप ज्ञवालीका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने दुई दिने प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा समृद्धिका आधारशिला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्नेबारे प्रशिक्षण दिन लागिएको हो ।
उनले समग्र राष्ट्रिय राजनीतिको बारेमा पनि प्रशिक्षण दिइने जानकारी दिए । प्रशिक्षणमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुने उनले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म