एमाले सचिवालय बैठकको ठहर : स्थानीय तहको निर्वाचन परिणाम अपेक्षाअनुसार आएन
नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।
एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो ।’
निर्वाचन प्रकृयामा सत्तारुढ गठबन्धनबाट भएका यी विकृतिप्रति आफूहरुको गम्भीर चिन्ता रहेको उनले बताए । उनले २०७४ को निर्वाचनभन्दा एमाले कमजोर भएको तर पपुलर मतमा एमाले अग्रपंक्तिमा कायमै रहेको जिकिर गरे । ‘३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उनले भने ।
केही ठाउँमा एमालेकै कतिपय साथीले घात अन्तर्घात गरेको भन्दै उनले पुष्टि भएका ठाउँमा सम्बन्धित कमिटीले कारवाही गर्ने पनि बताए । २०६४ देखि नेपालको मतको ‘प्याटर्न’ हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस देशको मुख्य शक्ति रहेको र पपुलर मतमा एमाले नै पहिलो शक्ति देखिएको उनको भनाइ थियो । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण