विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिन सचेत छौँ : सेन्ट लरेन्स कलेज

सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो । कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरूसँग घटनाको बारे जानकारी लिएका थियौँ । तत्पश्चात् पीडित छात्राहरू र अभिभावक समेतसँग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौँ । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेको छ ।’
कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटर काभ्रे घर भएका एमाले नेता जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।
प्रेस विज्ञप्ती
का.जि.का.म.पा. वडा नं. ७, चाबहिल स्थित यस सेन्ट लरेन्स कलेजको कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो । कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरूसँग घटनाको बारे जानकारी लिएका थियौँ । तत्पश्चात् पीडित छात्राहरू र अभिभावक समेतसँग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौँ । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेको छ । यसै घटनाका सम्बन्धमा पीडित छात्राहरुको तर्फबाट आजै महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता गराई सक्नु भएको छ । साथै आरोपित व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरी कानुनी कारबाही प्रक्रिया अगाडी बढाई सकेको छ । यस घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ ।
यस घटनाको सम्बन्धमा कलेज व्यवस्थापन दुःख व्यक्त गर्दछ साथै आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्ध छ । साथै दोषी उपर कडा भन्दा कडा कारबाहीको लागि अनुसन्धान प्रक्रियामा सहयोग गरी दिनु हुन समेत यस कलेजका सम्पुर्ण विद्यार्थी तथा अभिभावकज्यूहरू साथै सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
पुरुषोत्तम महर्जन
प्राचार्य
सेन्ट लरेन्स कलेज
चाबहिल काठमाण्डौं
मिति २०७९।०२।१०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने