सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति
चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटर काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।
आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरुविरुद्ध ३ जना छात्राले बाल यौन दुर्व्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।
आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ । पटक–पटक क्याम्पस व्यवस्थापनलाई घनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण