बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा बम विष्फोट

बुधबार, २८ वैशाख २०७९, २१ : १७
बुधबार, २८ वैशाख २०७९

बुटवलको मिलनचोकमा बुधबार साँझ बम  विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम  विष्फोट भएकाे हो ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए । 

बम विष्फोट भएको ठाउँमा नेकपा माओवादीको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी केसीले बताए । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप