मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल बम विस्फोट : नेकपा माओवादीको पर्चा भेटियो

बुधबार, २८ वैशाख २०७९, २१ : ४७
बुधबार, २८ वैशाख २०७९

बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ । बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए ।

प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा  त्रसित भएका छन् । ​

विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको  छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप