गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।
पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै उनले पञ्चायत विरोधी आन्दोलन, २०६२/६३ को जनआन्दोलन समेत गठबन्धनकै बलमा परिणाममुखी भएको बताए ।
‘पाँच दलीय गठबन्धनले परिणाम देखाउँदै गएपछि अहिले प्रतिगमनकारीहरु अनेक आरोप लगाएर हिँडिरहेका छन्,’ उनले भने, ‘आफ्नै पार्टीभित्र त समस्या छ भने फरक विचार बोकेर हिँडेका पाँच दलभित्र प्रशस्त बेमेल छ तर पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’
उनले ‘एमसीसीको विरोध गर्ने चित्रबहादुर अहिले एमसीसी पारित गर्ने दलहरुसँगै मिलेको’ भनेर आफूप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ संज्ञा दिए । उनले भने, ‘चित्रबहादुर गिरिजाबाबु, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग पनि गठबन्धन गरेर हिँडेको थियो, आज शेरबहादुर, रामचन्द्रसँग पनि गरेर हिँडेको छ ।’
कतिपय कुरामा बेमेल रहे पनि जनताको अधिकार, गणतन्त्र, संसदीय व्यवस्था जोगाउन आफू गठबन्धनमा आवद्ध भएको उनले बताए । ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन,’ उनले भने, ‘नेपालमा प्रतिगमन एक्लै छैन ।’
२०७४ सालको निर्वाचनमा आफूहरुले एमालेसँग तालमेल गरे पनि प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थालाई नै समाप्त पार्न खोजेपछि एमालेसँग नाता तोडेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

