सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राहुल गान्धी कोभिडले लिएकाे ज्यानमाथि राजनीति गरिरहेका छन् : भाजपा

शुक्रबार, २३ वैशाख २०७९, १४ : ५७
शुक्रबार, २३ वैशाख २०७९

भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीमाथि कोभिडका कारण भएको मृत्युमाथि राजनीति गरेको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको डेटा र कांग्रेसका ‘बेटा’ दुबै गलत भएको बताएका छन्न ।

पार्टीका प्रवक्ता सम्बित पात्राले कोभिडका कारण भएको मृत्युको अनुमान डब्ल्यूएचओले जुन तरिकाले लगाएको छ, त्यसमा थुप्रै कमी भएको र भारत सरकारले आफ्नो आपत्तिबारे विश्व स्वास्थ्य संगठनलाई बताइसकेको जानकारी दिए ।

उनले भने, ‘पूरा विश्व मान्छ कि प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा भारतले जुन तरिकाले कोरोनाविरुद्ध लडाईं लडे त्यो पूरा विश्वका लागि उदाहरण थियो । यस्तोमा मृत्युको आँकडामाथि राजनीति गर्नु निकै दुःखद हो । जबकी विकसित देशभन्दा निकै उत्कृष्ट तरिकाले भारतले युद्ध लडेको छ ।’

उनले भने, ‘राहुल गान्धी लगातार भारतलाई बदनाम गर्ने कोसिस गरिरहेका छन् । उनले बेलाबेलामा प्रधानमन्त्री नरेन्द्र मोदीजी र भाजपालाई प्रहार गरेर भारतलाई बदनाम गरेका छन्, यो दुःखद हो । भाजपा शासित राज्य र गैर–भाजपा शासित राज्यमा मृत्युको विश्लेषण गर्नु हुँदैन ।’

 


 

‘विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक गलत छ भन्ने हाम्रो विश्वासका आधारमा चारवटा महत्त्वपूर्ण चरणहरू छन् । पहिलो यो हो कि सम्पूर्ण प्रक्रियामा डब्ल्यूएचओले अपनाएको तरिका गलत छ । दोस्रो, डेटाको स्रोतमा शुद्धता हुनुपर्छ, जबकि डब्ल्यूएचओले स्रोतहरू प्रमाणित नभएको स्वीकार गरेको छ । तेस्रो, कुन मापदण्डका आधारमा भारतलाई टियर–२ देशमा राखिएको हो, त्यो पनि यकिन हुन सकेको छैन । चौथो, काल्पनिक ढंगले तथ्याङ्क मंथन गर्नु, भारतलाई टियर–२ देशमा राख्नु, यी सबै विषयमा भारतले समय समयमा डब्ल्यूएचओसँग छलफल गरेको छ ।’

यसअघि डब्ल्यूएचओको प्रतिवेदनलाई उद्धृत गर्दै राहुल गान्धीले ‘विज्ञानले झुट बोल्दैन, प्रधानमन्त्री नरेन्द्र मोदी बोल्छन्,’ भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप