मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कोरोनाबारे डब्ल्यूएचओको रिपोर्टबारे बोल्दै राहुल गान्धीले भने, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन्’

शुक्रबार, २३ वैशाख २०७९, १२ : ३९
शुक्रबार, २३ वैशाख २०७९

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना साँधेका छन् । राहुल गान्धीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै जारी गरेको आँकडालाई आधार बनाएर एउटा ट्वीट गरेका छन्

राहुलले ट्वीट गरेका छन्, ‘कोभिड महामारीका कारण ४७ लाख भारतीयको मृत्यु भएको छ.... ४.८ लाख होइन, जस्तो कि सरकारले दाबी गरिरहेको छ ।’

राहुल गान्धीले थपेका छन्, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन् ।’

राहुल गान्धीले थपेका छन्, ‘कम्तीमा ती परिवारको इज्जत गर्नुहोस् जसले आफन्त गुमाएका छन् ।’

राहुल गान्धीले पीडित परिवारका लागि क्षतिपूर्तिको माग पनि गरेका छन् ।

 वास्तवमा राहुल गान्धीको यो बयान विश्व स्वास्थ्य संगठनको दाबीको सन्दर्भमा हो । यद्यपि, भारतीय सरकारले यो दाबीमाथि प्रश्न उठाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप