एमाले घोषणापत्र : ठुला शहरमा रेल, सवै पालिकामा पक्की सडक
शुक्रबार, ०९ वैशाख २०७९, १६ : २८

नेकपा एमालेले मुलुकका ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने दावी गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक यातायात प्राधिकरण स्थापना गरेर व्यवस्थित बनाउने जनाएको हो ।
‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस ¥यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने’, एमालेको घोषणापत्रमा उल्लेख छ ।
यस्तै एमालेले यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने जनाएको छ । ‘प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पुर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने’, घोषणापत्रमा भनिएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन