दक्षिणपन्थी शक्तिको छहारीमा ओत लागेर समाजवादको कुरा हास्यास्पद : एमाले

नेकपा एमालेले वर्तमान सत्ता गठबन्धनलाई दक्षिणपन्थी तथा प्रतिगमनकारीको बिल्ला भिराएको छ । एमालेले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै कुनै बेला दुई तिहाइ बहुमत हासिल गरेको, दुई पटक बहुमतको सरकार सञ्चालन गरेको र आफूलाई मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति दाबी गर्ने नेपाली काँग्रेस आज वैचारिक स्खलन, राजनीतिक विचलन र पहिचानको सङ्कटमा फसेको जनाएको हाे ।
सत्तास्वार्थ र नेकपा (एमाले) प्रतिको पूर्वाग्रह, भय र प्रतिशोधको भावनाले काँग्रेस जस्तासुकै दल या पक्षहरुसँग पनि साँठगाँठ गर्न र सत्ता टिकाउनका लागि जस्तासुकै संस्थामाथि पनि प्रहार गर्न र लोकतान्त्रिक संरचनालाई भताभुङग पार्न उद्यत देखिएको आरोप लगाएको छ ।
‘आफूलाई वामपन्थी भन्ने केही व्यक्ति र समुहको वैचारिक स्खलन र राजनीतिक विचलन उदाङ्गो भएको छ’, एमालेले नेकपा माओवादी र नेकपा समाजवादी काँग्रेसमा विलय भएको पनि जनाएको छ । एमालेले माओवादी र एकीकृत समाजवादीले स्थापित कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर नेपाली काँग्रेस नेतृत्वको मोर्चाभित्र विलय गरेर स्थायित्व एवं समृद्धिको अभियान विफल पार्न निर्णायक भुमिका खेलेको आरोप समेत लगाएको छ ।
‘विचारमा दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकताको प्रतिनिधित्व गर्ने यी पात्र र समूहहरू अझै पनि दक्षिणपन्थी शक्तिको छहारी मुनी ओत लागेर समाजवादको कुरा गर्दैछन् । योभन्दा हास्यास्पद प्रहसन अरु के हुनसक्छ ?’, एमालेको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु