१७ जना कम्युनिस्ट योद्धालाई एमालेको सम्मान
शुक्रबार, ०९ वैशाख २०७९, १४ : २७
नेकपा एमालेले १७ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरेको छ । ७४ औ पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा टेकनाथ बराल, छत्रबहादुर बोहोरा, दीर्घप्रसाद ढुंगाना, तुलसीराम मिश्र, नानीमैया नकर्मी, कुमार गुरुङ, चतुर व्यञ्जनकार, बसन्तप्रसाद गौचन, भीमबहादुर खतिवडा, हरिप्रसाद शर्मा काफ्ले, लक्ष्मी जोशी, माधवप्रसाद अधिकारी, लक्ष्मी राजवंशी, रामकृष्ण दुवाल, नेत्र ढुंगाना र विष्णु डंगोललगायत छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रत्येक वर्ष ओझेलमा परेका योद्धाहरुलाई सम्मान गर्दै जाने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण