ओलीको निर्देशन : प्रतिनिधिसभा विघटनको विरोध नगर्नु
बिहीबार, ०८ वैशाख २०७९, १६ : २१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई प्रतिनिधि सभा विघटनको भुलेर पनि विरोध नगर्न निर्देशन दिएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । ‘केही केही साथीहरूले मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलत थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु’, ओलीले भने, ‘वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो ।’
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म