एमाले र सूर्य चिह्न सिध्याउन हिँड्नेहरूको थुतुनो जल्यो : केपी अोली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् । ‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’, ओलीले आफुविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको पनि बताए । उनले नेकपाको एकता जोगाउन धेरै प्रयास गरेपनि सफल हुन नसकेको बताए ।
उनले २८ वर्षसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्री भैसकेका केही नेताहरु एमाले ध्वस्त पार्छौ भनेर छोडेको अवस्थामा आज पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढता हुनु कम चुनौतिपूर्ण नभएको बताए । ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौ । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ’, अध्यक्ष ओलीको भनाइ छ । साथै उनले एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिनसक्छ भन्ने पुष्टि भएको दावी समेत गरे । ‘नीतिगत रुपले एमालेले देशलाई चौतर्फी ढंगले अघि बढाउन सक्छ । देश विकास र सुशासनलाई अगाडि बढाएर सम्मृद्ध नेपाल, सुखी नेपाली बनाउनसक्छ भन्ने आम विश्वास बढेको छ’, अध्यक्ष ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण