काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने बताएका हुन् । उनले एमाले गुणात्मक रुपमा अघि बढेको भन्दै विरोधीहरूको वुद्धि नै नभएको बताए ।
‘हाम्रा विरोधीहरु रचनात्मक छैनन । यिनीहरुका बुद्धिले यिनीहरुलाई नै सिध्याउँछ’ओलीले प्रतिनिधिसभा विघटन सहि भएको र सोही कुरा बोकेर जनतामा जान निर्देशन दिँदै ओलीले भने, ‘नेपाली काँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो तर राम्रो गर्यो । काँग्रेस अब नीति, विचार, संगठन, व्यवहार ग्रह, दशा वास्तु कुनै हिसाबले पनि अब अलच्छिन जति बोकेर हिँडेको छ ।’
ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी