बेलुकासम्म महानगर-उपमहानगरको टुंगो लगाउँछौ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताए ।
‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ । यस पत्रकार सम्मेलनमा गठबन्धनको बैठकबाट आएको हुँ । यहाँबाट सिधै गठबन्धनको बैठकमा जान्छु’ प्रचण्डले भने, ‘मलाई विश्वास छ । हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौ ।’
नगरपालिका र गाउँपालिकाको विषयमा भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने कोसिस गरिने प्रचण्डले बताए । ‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर तल दिएकै छौ । आज बेलुकासम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ । हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गर्छौ’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण