विप्लव पृष्ठभूमि र विरासतले पनि माओवादीभन्दा बाहिर जान सक्नुहुन्न : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द’विप्लव’ माओवादी आन्दोलन भन्दा बाहिर हुन नसक्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले विप्लवको पृष्ठभूमि र विरासतले पनि माओवादी भन्दा टाढा हुन नसक्ने ठोकुवा गरे।
तर, चुनावमा कुन पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा विप्लवले स्वतन्त्र रुपमा निर्णय गर्ने प्रचण्डले बताए। ‘विप्लव जी चुनावमा आउँने भनेर सबैसँग भेटघाट गरी राख्नु भएको छ। सबै पक्षसँग कुराकानी पनि भइ राखेको छ। तीन बुँदे सहमती केपी ओली र विप्लवसँग भएको त्यसलाई सकारात्मक रुपमा लिएर त्यतिबेला नै समर्थन गरेका थियौ’ प्रचण्डले भने,‘उहाँ –विप्लवहरु निर्वाचनमा आउँन चाहेको हुनाले निर्वाचनमा ल्याउन सकेसम्म हामी सबै मिलेर सकारात्मक वातावरण बनाउनु पर्छ भन्ने नीति छ।’
विप्लव चुनावमा आउनु नेपालको लोकतन्त्र, शान्ति प्रक्रियाका र जनताको समृद्धिको लागि सकारात्मक भएको प्रचण्डले बताए। विप्लवहरु चुनाव सार्न राष्ट्रपतिदेखि एमाले अध्यक्ष केपी ओली निवाससम्म पुगेको सूचना आफूलाई भएको प्रचण्डले बताए। तर, चुनाव सार्ने भन्दा यहीँ चुनावी प्रक्रियामा विप्लव समेत सहभागी हुने प्रचण्डले विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
