एमालेलाई साइजमा राख्ने अवसर आएको छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताएका छन् । सोमबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् ।
‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको विश्लेषण सुनाएका थिए । ‘हामीले साथ नदिए उनीहरु एक्ला एक्लै चुनावमा जाने अवस्था छैन । काँग्रेसले गठबन्धन नगरे माओवादी र समाजवादी एमालेसँग गठबन्धन गर्छन् । त्यसपछि हाम्रो अवस्था के छ साथीहरूलाई थाहा छैन र ?’, पौडेलको प्रश्न गरे ।
शुक्रबारबाट सुरु भएको बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको प्रवक्ता डा. प्रकासशरण महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
-
परिजातको सम्झनामा सिड्नीमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने
-
वैज्ञानिकहरूले बनाए फ्लुबाट बच्ने चुइङगम
-
निजामती कर्मचारीको पदपूर्तिका प्रावधानमा व्यापक परिवर्तन
-
विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै