काँग्रेस बैठक सकियो, मंगलबार ३ बजे पुनः बस्ने
सोमबार, १४ चैत २०७८, ०९ : ००

काँग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ । बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको हो ।
पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि ३ बजे पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
याे पनि