काँग्रेस महामन्त्री गठबन्धनको पक्ष र विपक्षमा
नेपाली काँग्रेसका महामन्त्रीद्वय गठबन्धनको पक्ष र विपक्षमा उभिएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्रीद्वय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न हुने र नहुने पक्षमा उभिएका हुन् ।
महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् भने अर्को महामन्त्री शर्मा गठबन्धनको पक्षमा देखिएका छन् ।
शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’
तर महामन्त्री थापाले गठबन्धन गर्न नहुने बताएका छन् । उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’
बैठकमा दुवै महामन्त्रीका फरक फरक धारणा आएका हुन् । जारी काँग्रेसको केन्द्री कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धनको पक्ष र विपक्षमा आफ्नो धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



