शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई साइजमा राख्ने अवसर आएको छ : रामचन्द्र पौडेल

सोमबार, १४ चैत २०७८, १७ : ००
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताएका छन् । सोमबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् । 

‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’ 
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको विश्लेषण सुनाएका थिए । ‘हामीले साथ नदिए उनीहरु एक्ला एक्लै चुनावमा जाने अवस्था छैन । काँग्रेसले गठबन्धन नगरे माओवादी र समाजवादी एमालेसँग गठबन्धन गर्छन् । त्यसपछि हाम्रो अवस्था के छ साथीहरूलाई थाहा छैन र ?’, पौडेलको प्रश्न गरे । 

शुक्रबारबाट सुरु भएको बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको प्रवक्ता डा. प्रकासशरण महतले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप