पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ। सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ।
प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश गरिएको छ । घटनाका सम्बन्धमा देख्ने तथा सुन्ने १६ जना पनि सवुत प्रमाणका रुपमा उल्लेख गरिएको छ ।
यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ । यस्तै घटनास्थलको मुचुल्कासहित सम्बन्धित विवरण र प्रमाण गरी ११७ वटा कागजात पेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा