पल प्रकरणमा पीडित किशोरीको बयान : मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए

बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् ।
संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् ।
उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् । शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।
सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् । पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ ।
पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो