पल शाहको बयान : म कमल खत्रीसँग सुतेको हो, पछि महिनावारी रोकिएको मेसेज आयो

बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् । उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौं’, पलको बयानमा भनिएको छ । २०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा रात बसेको उनले बताएका छन् ।
राति अबेरसम्म बियर खाँदै पीडित र आफूबीच म्यासेज आदान प्रदान भएको उनको भनाइ छ । सोही क्रममा राति पौने १२ बजेतिर बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई उनलाई बियर खान दिएर फर्किएको उनको भनाइ छ । त्यसपछि फेसवास लिएर आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको उनले बयान दिएका छन् । तर, पीडित नाबालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर आफूलाई फोन गरी महिनावारी रोकिएको बताएको उनको भनाइ छ ।
‘तपाइँले मलाई स्वीकार्नुपर्छ’ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेको उनको बयानमा उल्लेख छ । यही क्रममा २०७८ सालको असार महिनामा बानेश्वरमा पीडित, पीडितको आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी, कृष्ण जोशीसमेत भएर छलफल गर्ने क्रममा आफूले उमेर पुगेपछि बिहे गर्ने प्रतिबद्धता जनाएको उनको बयानमा उल्लेख छ । उनले पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा आफूलाई पूर्णरूपमा थाहा भएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध