यो वर्ष मधेसमा दुई दिन होली !
हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ ।
जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५ दिने मध्यपरिक्रमा विहीवार सम्पन्न भएको छ । आज अन्तरगृह परिक्रममा भएको कारण माछा मासु नखाने, निराहार बस्ने भक्तिभावका कारण होली एकदिन पछाडि सारिएको हो ।
अन्तरगृह परिक्रमका कारण जनकपुरमा बजारमा चहलपहल भएकाले व्यापार व्यावसाय पनि राम्रो हुने गरेको छ । त्यही भएर त्यहाँका स्थानीय आजको दिन होली मनाउँदैनन् । कुनै कुनै ठाउँमा रंग अविर लगाएर रमाइलो गरिन्छ । तर आधिकारिक रुपमा अर्थात तिथिअनुसार यो वर्ष मिथिला क्षेत्रमा होली शनिबार हुनेछ ।
जनकपुर अर्थात् धनुषा आसपासका जिल्ला महोत्तरी, सिरहा, सर्लाही लगायतका जिल्लामा दुई दिन होली मनाउनेछन् । परिक्रमको महत्व जसले बुझेका छन्, जो जो परिक्रममा सहभागी भएका हुन्छन्, ती आज शुक्रबारको दिन होली मनाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

