शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारत : हिजाब विवादमा अहिले नै सुनुवाइ नहुने, सर्वोच्च अदालतले बतायो कारण

बुधबार, ०२ चैत २०७८, १३ : ००
बुधबार, ०२ चैत २०७८

 

कर्नाटकबाट सुरु भएको हिजाब विवादमा तत्काल सुनुवाइका लागि सर्वोच्चमा याचिका दायर गरिएको थियो । तर सर्वोच्च अदालतले होलीको छुट्टीपछि मात्रै सुनुवाइसँग जोडिएको याचिकालाई सूचीबद्ध गर्नेबारे विचार स्पष्टिकरण दिएको छ ।

उजुरीकर्ताका वकिल सञ्जय हेगडेले अदालतसँग यो मामिलामा तत्काल सुनुवाइको माग गरेका थिए । तर सर्वोच्च अदालतले होलीपछि नै यसबारे कहिले सुनुवाई हुनेछ भनेर निश्चित गर्नेछ ।

यसअघि कर्नाटक उच्च अदालतले मंगलबार छात्राहरुको याचिका खारेज गर्दै हिजाब इस्लामको अनिवार्य हिस्सा नभएको बताएको थियो । यस्तोमा छात्राका लागि स्कूल कलेजमा स्कूल युनिफर्म नै लगाउन अनिवार्य हुनेछ ।

 


कर्नाटक उच्च अदालतको यो निर्णयलाई सर्वोच्च अदालतले चुनौती दिँदै छात्राले एक स्पेशल लिव पेटिसन दायर गरेका थिए ।

यो विवादको सुरुवात उडुपीबाट भएको थियो जहाँ एक कलेजमा केही मुसलमान युवतीले हिजाब लगाएकोमा हंगामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप