ओलीलाई देउवाको प्रस्ताव : सबै विकल्पका लागि तयार छु, एमसीसीमा एक ठाउँ उभिएर जाऔं
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।
ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले रातोपाटीसँग भने, ‘एमसीसी राष्ट्रसँग जोडिएको विषय भयो । गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण हो ।’ एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो ।
अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऊ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।
‘एमसीसीमा मलाई मद्दत गर्नुस् । हिजो एमसीसी संसदमा दर्ता गर्दा मैले अप्ठ्यारो बनाएको थिए ? त्यो बेला म सँगै उभिएको होइन ?,’ देउवाको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
