ओलीलाई देउवाको प्रस्ताव : सबै विकल्पका लागि तयार छु, एमसीसीमा एक ठाउँ उभिएर जाऔं
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।
ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले रातोपाटीसँग भने, ‘एमसीसी राष्ट्रसँग जोडिएको विषय भयो । गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण हो ।’ एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो ।
अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऊ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।
‘एमसीसीमा मलाई मद्दत गर्नुस् । हिजो एमसीसी संसदमा दर्ता गर्दा मैले अप्ठ्यारो बनाएको थिए ? त्यो बेला म सँगै उभिएको होइन ?,’ देउवाको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने
-
कम्युनिस्ट आन्दोलनका चर्चित यी ६ पात्र के गर्दैछन् ?
-
खोटाङमा पनि बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
-
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ नेम्वाङ
-
उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर
-
भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन