सत्ता गठबन्धन अघि जाँदैन, धरापमा परिसक्यो : गगन थापा
बिहीबार, १२ फागुन २०७८, १७ : ११

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले गठबन्धन अघि नजाने बताए । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भने।
गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाको भनाइ थियो । ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ थापाले भने। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पुनः छलफल हुने पनि थापाले जानकारी दिए।
‘दल सरकार र गठबन्धनको विषय होइन। राष्ट्रको विषय हो। तपाईंहरुले दर्ता गर्नुभएको विषय हो। सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो,’ थापाले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत